सशस्त्र प्रहरी नायव उपरीक्षक रिजाल दुई पैकेट मिठाइ लिएर, दुई लाख बराबरको मिठाइको गाडी छोडे ।



भरत सरार्फ
बिरगंज १८ मंसिर / सशस्त्र प्रहरी बल नेपाल  प्रस्तावित  सिमा सुरक्षा गुल्म बिरगंज भन्सारका डिएसपी सुरज रिजालले  मिठाइको दुइवटा पैकेट लिएर दुई लाख बराबरको भारतिय मिठाइ छोडेकाछन ।आफुलाइ इमानदार  बताउने डिएसपी रिजालले दुई किलो पिठो पक्रेर बुझाउने , मिठाइको दुई पैकेटमा दुइलाख बराबरको मिठाइले भरिएका दुइवटा गाडी छोडेको छ। सोमबार बिहान अ १० बजेको समयमा नेपाल भित्र ठुला ठुला विवाह र कार्यक्रमहरुमा मिठाई सप्लाइ गर्ने कमल अग्रवालले भारतको जयपुरबाट ल्याइएको मिठाइले भरिएका दुइवटा कार भन्सार परिष भित्र लुकाइ अग्रवाल हात मा मिठाइको दुइवटा पैकेट लिइ डिएसपी रिजालसंग भेटन गएको श्रोताले बताए । अग्रवाल केही बेरमा बहिर आएर भन्सार परिष भित्र लुकाइ राखेको दुइवटा कार चेक प्वाइन्टबाट  क्रस हुन्छ , तर ती गाडी चेक प्वाइन्ट क्रस हुन बितिकै संचारकर्मी र 


 स्थानीयको टोलिले ति दुवै गाडि लाई पक्राउ गरेका थिए । केही बेर संचारकर्मी र सशस्त्र प्रहरीको भनाभन समेत  भएको थियो , भनाभन पशचत पुन ती दुवै गाडिहरु  डिएसपी रिजाललाइ बुझाएकाथिए , तर डिएसपि रिजालले ती गाडि बुझन मानेकाथिएन सशस्त्र प्रहरी श्रोताले बताए  । प्रश्नन खडा हुन्छ , आफुलाइ इमानदार बताउने डिएसपी रिजारले, मिठाइ को पैकेटमै भारतिय मिठाइले भरिएका दुई वटा गाडिलाइ छोडेको होलान त , पैकेट भित्र मिठाई नै थिए , कि नोटको बन्डल  प्रश्नन खडा हुन्छ ? चेक प्वाइन्टमा जडान गरिएका सिसिटिभि  फुटेज बिहान १०: बजेको समयको चेक गर्दा मिठाइ ब्यापारी अग्रवालले हातमा दुइवटा मिठाइको पैकेट लिएर भित्र  गएको देखिन्छ होला । आखिर पैकेट भित्र के थियो , सम्बन्धित निकायको ध्यानाकर्षण होस ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?