हिन्दूमाथि असहीष्णु नहुन बांगलादेश सरकारलाई विश्व हिन्दू महासंघको आग्रह

काठमाडौं, १४ मंसिर । बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दूमाथि असहीष्णु नहुन विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले बंगलादेश सरकारलाई आग्रह गरेको छ।

महासंघ अन्तर्राष्ट्रिय समिति का. वा.अध्यक्ष अस्मिता भण्डारीले एक विज्ञप्ति जारी गर्नु हुँदै बंगलादेश सरकारलाई त्यस्तो आग्रह गर्नु भएको हो।

बंगलादेशमा बसोवास गर्दै आएका हिन्दु धर्मावलम्वी माथि बारम्वार भइरहने आक्रमणका घटनाहरूबाट विश्व हिन्दु महासंघको चिन्तित रहेको भन्दै अध्यक्ष भण्डारीले नोभेम्बर २६, २०२४ मा बंगलादेश सम्मिलित सनातन जागरणका प्रवक्ता हिन्दु धर्म गुरू श्री चिन्मोय कृष्ण दासलाई धार्मिक कार्यक्रम आयोजना एवम अगुवाइ गरेको कारण जेल चलान गरेको घटनाप्रति विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएकोले बंगलादेश सरकारबाट भएको उक्त कार्यको विश्व हिन्दु महासंघ घोर भत्सना गरेको छ ।

घटनाले संसारभरिका हिन्दु धर्म तथा ॐकार परिवारका अनुयायीहरूमा गहिरो चोट पुगेको छ । आफ्नो देशका बंगलादेशी हिन्दुहरू जो अल्पसंख्यामा रहेका छन् उनीहरूको धार्मिक स्वतन्त्रताको सम्मान र मानव अधिकारको रक्षाका लागि संवेदनशील बन्दै शान्ती सुरक्षाको प्रत्याभूति गराउनको लागि बंगलादेश सरकारको ध्यानकर्षण गराउँछौँ। – विज्ञप्तिमा भनिएको छ।

त्यहाँ स्थित स्कोन मन्दिरका सञ्चालक समेत रहेका धर्म गुरू श्री चिन्मोय कृष्णदासलाई हिन्दु धर्मको अगुवाई गरेकै कारणले किन जेल चलान गरिएको हो ? यस विषयमा गम्भीर भई यथाशीघ्र गुरू चिन्मोयको रिहाइको लागि बंगलादेश सरकार समक्ष विश्व हिन्दु महासंघले जोडदार माग गरेको कावा अध्यक्ष्F अस्मिता भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?