रेडियो वीरगंजको वार्षिकोत्सवमा २२१ जनाद्वारा रक्तदान

वीरगंज, १५ मंसिर । रेडियो वीरगंजको २२औं वार्षिकोत्सवको अवसरमा २२ महिलासहित २२१ जनाले रक्तदान गरेका छन् ।
 
बाराका विभिन्नग्रामीण क्षेत्रबाट युवाहरूलाई रक्तदान गर्नका लागि ¥याली सहित लिएर रेडियो परिसरमा आएका थिए ।
 
रेडियो वीरगंजका प्रबन्धक धु्रव साहको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका वाणिज्य दुत देवी सहाय मिना,पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक किशोर लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानलगायतको सहभागिता थियो ।
 
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका इन्चार्ज सौरभ राज पाण्डेले अध्यक्ष साहलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने साहले इन्चार्ज पाण्डे सहित रक्तदान कार्यक्रमका लागि प्राविधिक सहयोग पु¥याउने केन्द्रका कर्मचारीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।  
कार्यक्रममा राम प्रवेश चौधरी, अफरोज अर्पण, प्रदिप पण्डित, कमलेश गुप्ता, महम्मद कलाम, धिरज चौधरी, प्रभु साह, सनजोग श्रेष्ठ, रूपेश कुमार चौधरी, राम कुमार महतो, मनोज मिश्रा, रेनु चौधरी, तरूण कुमार, चन्दन श्रीवास्तव, धुरूप प्रसाद गुप्ता, सुमन साहलगायतले रक्तदान गरेका थिए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?