मानव सेवा आश्रमको भवन शिलान्यास

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास  भएको छ ।  

दशैंको शुभसाइत पारेर डा रामआवतर खेतानले भुमि पुजा गरी भवनको शिलान्यास गरेका हुन । लायन्स क्लबको १ करोड ३४ लाखको लागतमा दुर्ई तले भवनको निर्माण कार्य ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको लायन्स क्लबका संजय खेतानले बताए।

भवनको ठेक्का समीर कन्ट्रक्सनले लिएको जसमा ६ महिना भित्र काम पुरा गरि आश्रमलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

मानव सेवा  आश्रमका अभिभावकत्व ग्रहण गरेका डा दिपक शाक्यको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका डिएन अग्रवाल,समाजसेवी गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,वरिष्ठ उपाध्यक्ष हरि गौतम, लायन्स विनोद खण्डेवाल, राजकुमार सिनधी, रामविहारी पाण्डे, प्याब्सन पर्साका सुशीला साह, पशुपति विक्रम शाह, उषा शाह, देवेश मानव सेवा लगायतले धारणा राखेका थिए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?