डा.राम नरेश पण्डित महा भ्रष्टाचारी साबित



भरत सरार्फ 
मधेश प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालले प्रादेशिक अस्पतालका तत्कालिन निर्देशक डा. रामनरेश पण्डित तल्लो तहमा फँसेको बताएका छन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहेको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको निर्देशक पदमा रहँदा डा. पण्डितले कर्मचारी छनौट प्रक्रियामा अनियमितता गरेको ठहर भएको छ । उनलाई कारबाहीको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिष्ठानलाई निर्देशन गरिसकेको छ ।

प्रतिष्ठानले चिकित्सा शिक्षातर्फ आवश्यक शिक्षक तथा कर्मचारी भर्नाका लागि पाँच सदस्यीय परीक्षा समिति गठन गरेको थियो । उक्त समितिका संयोजक थिए तत्कालिन निर्देशक डा. पण्डित ।

समितिले नयाँ कर्मचारी भर्नाका लागि लिएको परीक्षा अन्तरगत शिक्षक तथा माथिल्लो तहका कर्मचारीलाई अन्तरवार्ता लिएको थियो । अन्तरवार्ताकै आधारमा कर्मचारी छनौट गर्ने माथिल्लो तहमा कमजोरी नभेटेपनि कार्यालय सहयोगी लगायत तल्लो तहका लागि लिइएको लिखित परीक्षामा अनियमितता छर्लङ्ग देखिएको अनुसन्धान अधिकृतले जानकारी दिए ।

अस्पताल जस्तो संवेदनशिल निकायका लागि कर्मचारी छनौट गर्दा आर्थिक प्रलोभनमा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सरकारका प्रमुख सचिवलाई अनुसन्धान गर्न जिम्मेवारी दिएको थियो ।

प्रमुख सचिव पौड्यालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव राजन नेपालको संयोजकत्वमा तीन सदस्यीय अनुसन्धान समिति गठन गरेको थिए । उक्त समितिले डा.पण्डितलाई दोषी ठहर गर्दै परीक्षा रद्द गर्न सिफारिस गरेको छ ।

प्रमुख सचिव पौड्यालले डा. पण्डितलाई एक प्रकारको कारबाही गरिसकेको बताए । ‘प्रथम श्रेणीका कर्मचारी रहेको डा. पण्डितलाई आज कुनै जिम्मेवारी नदिएर पेन्डिङमा राखिएको छ । यो पनि कारबाही हो नि ।’

उनले थपे, ‘फस्र्ट क्लसाका अफिसर हाजिरी बन आउँछन्, फर्केर जान्छन् । उनलाई बस्न एउटा सामान्य कुर्सीको व्यवस्था गरिएको छैन । यो कारबाही होइन ?’

थप कारबाहीको लागि प्रतिष्ठानलाई पत्र लेखिसकेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत प्रतिवेदन बुझाइसकेको उनले सञ्चारकर्मि  लाई जानकारी दिए । 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?