भरत सरार्फ
प्रा. डा.राजेन्द्र प्रसाद साह रौतहट जिल्लास्थित देवहि गोनाहिँ नगरवासी हुन् ।१६ वर्ष अघि प्राध्यापक काे प्रमाण पत्र प्राप्त गरेका उनले स्वास्थ्य सेवा क्षेत्रमा काम गरेकै अनुभव४४ वर्ष पुगिसक्यो । मेडिसिन र अर्थोपेडिक सर्जरी समेत दुई बिषयमा स्नाकोत्तर गरेका प्रा. डा.राजेन्द्र प्रसाद साहले एनाटोमी विषयमा पनि MPhil डिग्री
प्राप्त गरेको हो।उनले 2037 सस्वस्थ्य क्षेत्रमा औपचारिक रूपले प्रवेश गरी आज सम्म निरन्तर गरी रहेका छन्।
2033 साल प्रथम श्रेणीमा एसएलसी उतिर्ण भएका प्रा. डा. राजेन्द्र साह तत्कालीन समयमा रौतहट जिल्ला मै उत्कृष्ट भएर विद्यालयस्तरीय छात्रवृत्ति प्राप्त गरे।2036 सालमा HA उतिर्ण गर्दै उत्कृष्ट परिणाम लेयाएको आधारमा आईओएम ( इन्स्टिच्युट अफ मेडिसिन ) बाट छात्रवृत्ति सँगै रानी एइश्वर्य छात्रवृत्ति प्राप्त गरेका हुन्। डा.साह assistant professor,Associate professor हुँदै प्रोफेसर पद 2064 सालमा प्राप्त गरे।जसको पद प्रमानितकरण त्रिभुवन विश्वविद्यालयले गरेको थियो।यस आधारमा उनी प्राध्यापक भएकै16 वर्ष पुगी सक्यो। चिकित्सा क्षेत्र मा मुख्यतः दुई क्षेत्र हुन्छन् , आधारभूत चिकित्सा विज्ञान र क्लिनिकल चिकित्सा विज्ञान । प्रा.डा.साहले दुवै क्षेत्रमा स्नाकोत्तर डिग्री हासिल गरेका छन्। उहाँ प्रोफेसर हुनुको साथै सिनियर कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन हुन् ।यति सम्मको प्रतिभाशाली बेयक्तित्व चिकित्सा शास्त्रमा मधेश प्रदेशमा शायदै कोही होलान्।
प्रा. डा.राजेन्द्र प्रसाद साह काे अर्को महत्व पूर्ण अनुभव भनेको उनी दुई विषयमा थेसिस लेखेका छन्।उनले प्रमुख लेखक को रूपमा तैयार परेका 7 बाटा रिसर्च आर्टिकल देशी तथा विदेशी जर्नलमा प्रकाशित भई सकेका छन्। त्यस्तै सहायक लेखक काे रूपमा 2 रिसर्च आर्टिकल प्रकाशित भएका छन्।
वीरगन्ज एमबी केडिया डेन्टल कलेजमा
प्रिन्सिपल तथा विभागीय प्रमुख काे पद मा रहिकरीब 10 वर्ष काे अनुभव रहेका छन्।
बीपी मेमोरियल क्यान्सर हस्पिटलमा कन्सल्ट्यान्ट तथा विभागीय प्रमुख पद मा कार्य गरेका अनुभव समेत उनी संग छ। गण्डकी मेडिकल कलेज मा पनि उनी प्रोफेसर र विभागीय प्रमुख भई कार्य भार सम्भालेका अनुभव उनी सँग छन्।
नेपाल मेडिकल एशोसिएसन नारायणी ब्रान्च काे उपाध्यक्ष,नेपाल राष्ट्रिय मधेसी शहीद उद्यान का संस्थापक सदस्य तथा उपाध्यक्ष हुन्, रौतहट वेलफेयर सोसाइटी अध्यक्ष एवम नेपाल मेडिकल एशोसिएसन , मधेश प्रदेश काे अध्यक्ष
पनि हुन् ।
उनको अर्को सवल पक्ष भनेको प्रा. डा.राजेन्द्र साह शैक्षिक योग्यता का प्रमाण पत्र पाउन कहिल्यै आफ्नो खर्च गरेर पढ्नु परेन् ।उनले प्राप्त गरेका डिग्रि हरु MD,MPhil,MS क्रमशः शिक्षा मन्त्रालय, त्रिभुवन विश्व विद्यालय , आईओएम र वीपीकोइरला मेमोरियल क्यान्सर अस्पतालकाे पूर्ण छात्रवृत्तिमा विदेशमाअध्ययन गर्न मौका पाए।
यति बेला प्रा. डा.साह मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान,जनकपुरधामले रेक्टर पदको पदपूर्तिको लागी प्रक्रिया अघि बढाएको रेक्टर पद काे लागी प्रतिस्पर्धा मा छन्।बाहिरी हल्ला सुनिए अनुसार जस्तै आर्थिक चल खेल न हुदोहो भने उनलाई प्रतिष्ठान काे रेक्टर पद मा पछि पार्न सक्ने कुनै उम्मेदवार देखिएको छैन।
उनी जस्ता बेयक्तित्वा भर्खरै स्थापना भएर हिँड्न सिक्दै गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको गरिमा अझ उकासिने विश्वास गर्न सकिन्छ भन्ने सर्वत्र जनतामा चासो काे विषय बनेको छ।
