भरत सरार्फ
पर्सा ३१ श्रावण / बिरगंज म.न.पा.-१६ भन्सार मेनगेट नजिक सशस्त्र प्रहरी बल नेपाल प्र.सी.सु. गुल्म बिरगंजबाट खटिएको गाडी मोबाइल टोलीले बिरगंजबाट भारत तर्फ जादै गरेको टाँगा चेकजाँच गर्दा टाँगा भित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको रु. १३,८५,०००।-बराबरको भेप (ईलेक्ट्रीक चुरोट) ४५० थान र घोडा सहितको टाँगा । साथै ऐ.ऐ स्थानमा 

भारतबाट नेपाल तर्फ झोला बोकी पैदल आउदै गरेको पुर्वी चम्पारण, घोडासहन ग्राम पोष्ट. ११ बासुकीनाथ बस्ने अ.वर्ष १८ को गोपाल कुमार लाई शंका लगि चेक जाँच गर्दा निजले बोकेको झोला र शरिरमा बेरेर लुकाई 

छिपाई राखेको अवस्थामा रु.३,२५,६५०।- बराबरको २ के.जि.१७१ ग्राम चाँदि भेटिएकोले चाँदि सहित ब्यक्ति नियन्त्रणमा लिई आवश्यक कारवाहीको
लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल न १३
गण हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक एवँम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
