भारतीय सख्खर र विद्युतीय सामान नियन्त्रण

वीरगंज, १० भदौ । पर्सा प्रहरीले ठुलो परिमाणमा भार्तिय सख्खर बरामद गरेको छ ।

जिल्लाको जीराभवानि गाउँँपालिकामा आज बिहान छापामारी गरी ठुलो परिमाणमा भार्तिय सख्खर बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकि महादेव पटि को संयुक्त प्रहरी टोलीले जीराभवानि गाउँँपालिका वार्ड नम्बर एक बलुवा टोल का स्थानीय रफिक अन्सारि को घरमा भण्डारण गरि राखिएको अवस्थामा १२० बोरा भार्तिय सख्खर र तिस बोरा भार्तिय युरिया मल बरामद गरेको हो।

बरामद गरिएको सख्खर मल लाइ आवश्यक कार्वाही को लागि वीरगंज भन्सार कार्यालय मा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङेल ले जानकारी दिए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका बरामद इलेक्ट्रोनिक्स तथा फलफुलहरू कारबाईका लागि भन्सार कार्यालय बुझाएको छ ।

जिल्लाको विभिन्न ठाउँबाट बरामद भन्सार छलीका ५ लाख भन्दा बढीका सामानहरू आइतवार अबेर कारबाईका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको हो । प्रहरीले गरेको जाँचमा वीरगंजको विभिन्न ठाउँबाट ५ लाख १५ हजार मूल्य बराबरको इलेक्ट्रोनिक्स र किवि बरामद गरेको थियो ।

भन्सार बुझाएको कागजात फेला नपरेपछि पर्सा प्रहरीले थप कारबाईका लागि भन्सार कार्यालय पठाएको प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

उनका प्रहरीको विशेष टोलीले भन्सार छलीका सामान बरामद गरेको थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?