जबरजस्ती करणी मुद्दाका फरार अन्सारी पक्राउ

वीरगंज, २१ साउन । जिल्ला प्रहरी कार्यालय, बाराले जबरजस्ती करणी मुद्दामा ९ वर्ष कैद भएपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।
 
शनिवार राति ९ः३० बजे अस्थायी प्रहरी पोष्ट बसपार्क कलैयाले कलैया उपमहानगरपालिका वडा नं। ६ मदर्शाटोल बस्ने वर्ष २७ को इम्तियाज अंसारीलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।
जिल्ला अदालत बाराले जबरजस्ती करणी मुद्दामा अन्सारीलाई ९ वर्ष ६ महिना १५ दिन कैद सजाय तोकेपछि अन्सारी फरार भएका थिए ।
 
पक्राउ परेका अन्सारीलाई कैद भुक्तानको लागि जिल्ला अदालत बारा, कलैयामा दाखिला गरिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?