साढे आठ किलो गाँजासहित महिला पक्राउ

वीरगंज, २० साउन ।
जिल्ला प्रहरी कार्यालय, बाराले  साढे आठ किलो गाँजासहित एकजना महिलालाई पक्राउ गरेको जनाएको छ ।
 
आज बिहान ६ः२० बजेको समयमा प्रहरी चौकी पथलैयाका प्रहरी वरिष्ठ नायब निरीक्ष्Fक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १ आधाभार जंगलबाट पिठयूँमा कालो झोला बोकी सडक छेउमा उभिरहेकी एकजना महिलालाई शंका लागेपछि चेकजाँच गरेको थियो ।
 
चेकजाँचको क्रममा बर्दीया जिल्ला मधुवन नगरपालिका नं. ७ बस्ने सागर तामाड्ढो पत्नी २५ की प्रियंका श्रेष्ठलाई आठ किलो ५०० ग्रFम गाँजासहित पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?