मातृशोकमा परेका सदस्यलाई प्रेस सेन्टर पर्साको आर्थिक सहयोग



भरत सरार्फ
पर्सा ११ भदौ । प्रेस सेन्टर नेपाल पर्साका सदस्य विशाल पटेलकी ममतामयी आमाको असामयिक निधनप्रति प्रेस सेन्टर पर्साले शोक व्यक्त गरेको छ । प्रेस सेन्टर नेपाल पर्साले दिवंगत आत्माको चीर शान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकूल परिवारजनलाई समवेदना सहित संगठनको तर्फबाट आर्थिक सहयोग पनि गरेको छ । संगठनको तर्फबाट सहयोग स्वरूप १५ हजार रूपैंया र अन्य सदस्यहरुबाट समेत व्यक्तिगत रकम सहयोग गरिएको प्रेस सेन्टर नेपाल पर्साका सचिव शिवनाथ यादवले जानकारी दिनुभयो । संगठनको तर्फबाट सचिव यादव सहित कोषाध्यक्ष विदुर गौतम, सदस्यहरु संतोष कुमार कुश्वाहा, रुपेश वर्मा लगायतको टोलीले विशाल पटेल र उहाँका बुबालाई सहयोग रकम हस्तान्तरण गरेको हो । संगठनका सदस्यहरूको सुखदुखमा सधैं साथ र सहयोग निरन्तर रहने सचिव यादवले बताउनुभयो । विशाल पटेलकी आमाको यहि भदौ १ गते ५२ बर्षको उमेरमा निधन भएको थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?