फोनिजको स्थापना दिवसमा सरसफाइ

वीरगञ्ज, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज)को २५ औं स्थापना दिवसको अवसरमा बारामा सरसफाइ तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बाराको विश्व प्रसिद्ध गढीमाई मन्दिर सरसफाइ तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेश प्रदेश समितिले सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको मधेश प्रदेश समितिका अध्यक्ष दुष्यन्त चौधरीले बताए । उनका अनुसार गढीमाई मन्दिरको विकासमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष रामबाबु मेहता, नेपाल प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साह तेली,मन्दिरका पुजारी शिव चौधरी,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ हौतहट शाखा अध्यक्ष बिबेक कुमार चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?