प्रेस सेन्टर नेपाल पर्सा शाखाले स्व , पत्रकार कृय्णसेन स्मृतिमा सम्मान तथा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ ।

   


 पर्सा १० जेठ / प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । सेन्टरको जिल्ला समितिकाे बैठकले स्व.पत्रकार कृष्णसेन समृति दिवसकाे अवसरमा जेठ १२ गते कृय्णसेन स्मृति सम्मान र प्रेस सेन्टर पर्सा  क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे छ । पुरस्कार वितरणका लागि मापदण्ड बनाउन केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकाेटेकाे संयाेजकत्वमा केन्द्रीय सदस्य जगत राई र जिल्ला अध्यक्ष दीपक गाैतम सदस्य रहनेगरी समिति बनाएकाे छ । समितिले मादण्ड बनाएर पुरस्कार छनाेट समितिलाई बुझाई सकेकाे संयाेजक पिठाकाेटेले जानकारी दिनुभयाे । त्यसैगरी पुरस्कार छनाेटका लागि केन्द्रीय प्रतिनिधि सन्ताेष पाैडेलकाे संयाेजकत्वमा सचिव शिवनाथ यादव र सदस्य अजित भुजेल रहेकाे छनाेट समिति बनाएकाे छ । समितिले आज सम्ममा व्यक्ति छनाेट गरेर पुरस्कारका लागि सिफारिस गर्ने छ । पुरस्कारकाे राशी २१/२१ हजारकाे रहने छ । पुरस्कार जेठ १२ गते वितरण गरिने जिल्ला सचिव शिवनाथ यादवले जानकारी दिनुभयाे ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?