बारा १६ जेठ / सशस्त्र प्रहरी बल बाराले १ लाख ८३ हजारको अवैध समान बरामद गरेकाछन । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बरैनियाका सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलिले भारतबाट अवैध तरिकाले भन्सार छलि नेपाल तर्फ ल्याउन्दै गरेको
रु १ लाख ८३ हजार बराबरको लत्ताकपडा , किसमिस , मोबिल , फिल्टर , फिल्टर बक्स , विश्रामपुर गापाको वडा न ३ मुसहर्वा खुदियाटोलबाट बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल बाराले बताए ।


