नशामा मात्तिएर छिमेकीको चक्कु प्रहार गरी हत्या

पर्सा ११ जेठ/ मादक पदार्थ सेवन गरेर मातिएका व्यक्तिले एकजनालाई चक्कु प्रहार गर्दा निजको मृत्यु भएको छ।

सखुवाप्रसौनी गाउँपालिका वडा नं ४ ओझैया प्रसौनी बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई मादक पदार्थ सेवन गरी मातिएका उनका छिमेकी सुवास हजरा दुसादले चक्कु प्रहार गर्दा ललाईको मृत्यु भएको हो। शुक्रवार बेलुका ६ बजे भएको घटनामा गम्भीर घाइते भएका ललाईलाई उपचारको लागि नारायणी अस्पताल, वीरगंज लैजाँदै गर्दा बाटोमैं मृत्यु भएको प्रहरीले जनाएको छ।


सो घटनापछि विवाद हुँदा इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापा नेतृत्वको प्रहरी टोलीले अवस्था सामान्य बनाइ चक्कु प्रहार गर्ने सुवासलाई पक्राउ गरी इप्रका, पटेर्वासुगौलीको हिरासतमा राखेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?