पर्सा ०७ जेठ / सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्सा का सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको आगमन र कडा निर्देशन पश्चात् युनिटहरुमा हडकम्प मचिएकाछन 

जिल्ला भरिका युनिटहरुले राज्श्व छलि अवैध समानहरु बरामद गरि भन्सार दाखिला गरिरहेछन । साथै प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज भन्सारमा गुल्मपति सशस्त्र प्र
हरी नायव उपरीक्षक सुरज रिजाले अवैध समानको ओसार पसार गर्नेहरुको निद हराम गरेकाछन । सप्रनाउ रिजालले दुई महिना भित्र साढे चार करोडको अवैध समान बरामद गरि भन्सार दाखिला गरेको श्रोताले बताए । साथै आज ०७ गते सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्सा अन्तर्गतका विभिन्न युनिटहरुबाट खटिएका टोलिले रु. ११,००,३५०।- बराबरको भन्सार छलिका सामान र रु. २,००,०००।- बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएका छन् ।
प्र.सि.सु गुल्म विरगंजबाट खटिएको टोलिले बि.म.न.पा.-१६ स्थित भन्सार ब्यारियरमा ना २ ह ६०७२ नं.को अटोलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त अटोमा फल्स बटम बनाई लुकाई छिपाई ल्याउदै गरेको रु. २६,०००।- बराबरको कुर्था सुरुवाल र उक्त अटो नियन्त्रणमा लिई रु. २,२६,०००।- को भन्सार मुल्याङ्कन गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको र सोहि गुल्मबाट खटिएको टोलिले बि.म.न.पा.-२५ ड्राईपोर्ट नजिकबाट अबैध रुपमा नेपालबाट ठेलामा लोड गरी भारततर्फ लैजादै गरेको भन्सार मुल्य रु. १,१७,०००।- बराबरको ट्रकको डिस, पुरानो ब्याट्री लगायतका कवाडहरु नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
वि.म.न.पा.-२ भगुवाबाट बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलिले रु.२,३०,०५०/- बराबरको कपडा नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा बुझाएकोछ । बि.म.न.पा.-२५ बहुअरी चोकबाट बि.ओ.पि. ड्राईपोर्टबाट खटिएको टोलीले रु.३०,८००/- बराबरको मोटर साईकलको साईड लाईट १५४ पिस नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
वि.म.न.पा.-१७ अलौबाट प्र.सी.सु. गुल्म अलौबाट खटिएको टोलीले रु. २,३१,८३०/- बराबरको कपडा ,हार्डवयर र किराना सामान नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
जगरनाथपुर गा.पा.-२ दसौताबाट प्र.सी.सु.गुल्म भिखमपुरबाट खटिएको टोलिले BR 22 BG 7233 नं.को मो.सा.मा ल्याउदै गरेको मुल्य रु. ६४,६७०।– बराबरको बिभिन्न किसिमका आयुर्बेधिक औषधीहरु र उक्त मो.सा. नियन्त्रणमा लिई रु. २,६४,६७०।- को भन्सार मुल्याङ्कन गरी बिरगंज भन्सार कार्यालयमा बुझाएकोछ।
पर्सागढी न.पा.-४ भेडा खोलाको किनारबाट सुरक्षा बेश बेलवाबाट खटिएको टोली र सब डिभिजन बन कार्यलायबाट खटिएको टोलिले अबैध रुपमा जंगलबाट कटान गरी भेडा खोलाको किनारमा लुकाई छिपाई राखेको मु.रु.२,००,०००।- बराबरको ८० क्यू. फिट सालको गोलिया नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि सब- डिभिजन बन कार्यालय सबैयामा बुझाईएको छ । सशस्त्र प्रहरी बल पर्साले आजको मितिमा विभिन्न मातहतबाट रु रु ११ लाख ३५० बराबरको अवैध समानहरु बरामद गरि भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक एवँम सुचना अधिकारी देबेन्र्द बहादुर सिंहले बताए ।

