प्रतिबन्धित लागूऔषधको तस्करी गर्ने दुई पक्राउ

वीरगंज, २६ चैत । ठूलो परिमाणमा लागु औषधसहित दुर्ई जनालाई लाई पर्सा प्रहरीले पक्राउ गरेको छ । मालवाहक पिकअप गाडीमै लागु औषध तस्करी गर्ने दुर्ई जनालाई ठूलो परिमाणमा लागु औषधसहित वीरगंजको इलाका प्रहरी कार्यालय नगवाबाट प्रहरी नायव निरिक्षक सत्यप्रकाश त्रिपाठीको कमाण्डमा खटिएको टोलिले पक्राउ  गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले गत शनिवार बेलुकी वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाको बोखार चोकमा मधेश प्रदेश ०३–००१ च ७०९८ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उक्त पिकअप गाडीमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरेर लुकाइएको लागु औषध नुरफिन हजार १ हजार २०० पिस, फेनारगन १ हजार २०० पिस, डाइजेपाम १ हजार २०० पिस, ओनरेक्स ५० बोत्तल र टपेन्टाडोल ट्याब्लेट ३९० पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन ।

बरामद लागु औषधसहित गाडीका चालक वीरगंज महानगरपालिका वडा नम्बर २० का २१ वर्षीय विष्णु पटेल र त्यही ठाँउका २० वर्षीय राजन यादवलाई नियन्त्रणमा लिइएको थापाले जानकारी दिए ।

लागु औषध र गाडीसहित नियन्त्रणमा लिइएका दुवै जनाविरूद्ध लागु औषध सम्बन्धी कसूरमा आइतवार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको थापाले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?