मोटरसाइकल र स्कुटी चोरी गर्दागर्दै दुईजना वीरगंजबाट पक्राउ

वीरगंज, २० चैत । प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुर्ई जना चोरलाई रङ्गेहात पक्राउ गरेको छ ।

वीरगंज–४ बिर्ताका २६ वर्षीय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ वर्षीय सरफराज अंसारीलाई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले सोमवार बेलुकी चोरीको मोटरसाइकल र स्कुटीसहित पक्राउ गरेको हो ।

गत शुक्रवार वीरगंज–१० आदर्शनगरस्थित पूजन होटल अगाडि पार्किङ गरि राखिएको बीआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइलक चोरी भएको थियो । होटलकै रिसेप्सनमा कार्यरत कर्मचारीको उक्त मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उक्त मोटरसाइलक चलाउँदै गरेको अवस्थामा गोसाईलाई सोमवार बेलुकी प्रहरीले नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका गोसाईले उक्त मोटरसाइकल अंसारीले दिएको बयान दिएपछि सोमवार बेलुकी नै प्रहरीले अंसारीलाई नियन्त्रणमा लिएको बताइएको छ। अन्सारीको साथबाटपनि चोरीकै ना १६ प २५२६ नम्बरको स्कुटी बरामद भएको बताइएको छ ।
दुवैलाई चोरीको मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाईका लागि मंगलवार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?