लागूऔषधसहित भारतीय नागरिक पक्राउ

वीरगंज, २२ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागूऔषधसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।
 
चैत २१ गते वीरगञ्ज महानगरपालिका–१५ फुलवारी टोलबाट बाराको बलीरामपुरबाट वीरगञ्ज आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार भारत विहार जिल्ला मोतिहारी थाना हरपुर वडा नं.२ बस्ने वर्ष २६ को राजकरण साहलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
उनले तरकारीको बोराभित्र लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध नुरफिन २०० पिस, डाइजेपाम २०० पिस र फेनारगन २०० पिस गरी जम्मा ६०० पिस फेला परेपछि नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?