नेशनल मेडिकल कलेजमा छापा मारी कजेलका प्रबन्धक निर्देशक अन्सारी पक्राउ ।




बिरगंज २६ चैत  । वीरगञ्जको नेशनल मेडिकल कलेजमा भएको छापामारीमा कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी पक्राउ परेका छन् । ल्याब (प्रयोगशाला) म्याद नाघेको केमिलकसहित औषधी बरामद भएपछि प्रहरीको टोलीले कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।

एमडी अन्सारीसहित ल्याब प्राविधिक संजय साहलाई समेत पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।
म्याद नाघेको केमिकल प्रयोग गरिरहेको प्राप्त सूचनाको आधारमा प्रहरीसहितको अनुगमन टोलीले छापामारी गरेको हो ।नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशाला (ल्याब) मा अनुगमन टोलीले छापामारी गरेको पर्सा प्रहरीले पुष्टि गरेको हो ।

ल्याबमा सन २०२१ मै म्याद सकिसकेको केमिकलसहितका औषधी बरामद भएपछि कलेका एमडी अन्सारीलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार धेरै परिमाणमा ल्याबबाट म्याद नाघेको (डेट एक्सपायर) केमिकल तथा औषधीहरु बरामद भएको छ । बरामद सबै केमकिलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीले जनायो 
नेशनल मेडिकल कलेजमा महानगरपालिका, औषधी व्यवस्था विभाग, महानगरपालिका र प्रहरीसहितको टोलीले संयुक्तरुपमा छापामारी गरेको हो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?