तामझामका साथ भगवान शिवको जन्ती यात्रा

वीरगंज, २५ फागुन । मौलापुरमा मधानी बिशेष पुजा समारोह भव्य रूपमा सम्पन्न भएकोछ ।

भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको यस बिशेष पुजा समारोहमा आचार्य शोभाकान्त झाले मन्त्रोचरण गर्नु भएको थियो भन्ने बाबाधामको पुजारीहरुले बिशेष पुजा गराउनु भएको थियो ।

मौलापुर नगरप्रमुख रीना कुमारी साहको अध्यक्षता एवं मधेश प्रदेशको सभामुख मा. रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा बिभिन्न शिव मण्डलीहरुले बिशेष कला प्रस्तुति गरिएका थिए


रौतहटको मौलापुर नगरपालिकामा भगवान शिवको बारात यात्रा निकालिएको छ । भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको शुभारम्भ गर्न तामझामका साथ भगवान शिवको बारात (जन्ती) यात्रा निकालिएको हो ।


मौलापुर नगरपालिका–२, चिरचिरियाबाट निस्केको बारात यात्रा मौलापुर नगरपालिका– ५, पतौरा स्थित पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा पुगेर सम्पन्न भएको हो । बारात यात्रा संगै मधानी महायज्ञ २०८० को शुभारम्भ समेत भएको हो ।


बारात यात्राको नेतृत्व मौलापुरकी मेयर रीनाकुमारी साहले गरेकी थिइन् भने हजारौं सर्वसाधारण एवं भक्तजनको सहभागिता रहेको छ । पुरातन कालदेखि मधानी महायज्ञ आयोजना हुँदा भगवान शिवको बारात यात्रामा कमरथुवाहरु मात्र सहभागी हुँदै आएकोमा पहिलो पटक सर्वसाधारणले समेतको सहभागिता जनाएको हो ।


आम नागरिक सामिल भएको बारात यात्राले मधानी महायज्ञमा नयाँपन थपेको स्थानीयको भनाई रहेको छ । पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा मधानी महायज्ञ आयोजना गर्दै आएको छ ।


यस वर्षको मधानी महायज्ञको अवसरमा बलिवुडका सुपरस्टार गोविन्दा, भोजपुरी सुपरस्टार निलम गिरी, नेपाली सिनेजगतका सुपरस्टार पल साह, चर्चित निर्देशक दिनेश डिसी लगायतका कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहनेछ । मधानी महायज्ञमा १० लाख भन्दा बढी दर्शनार्थीले अवलोकन गर्ने आयोजको अनुमान छ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?