होली सभ्य र भव्यपूर्वक मनाउन अध्यक्ष पन्तको आग्रह

वीरगंज, ९ चैत । होटल तथा पर्यटन व्यवसायी संघ, वीरगंजका अध्यक्ष्F हरि पन्तले होली पर्व सभ्य र भव्यपूर्वक मनाउन आग्रह गरेका छन् ।

शुक्रवार होटल तथा पर्यटन व्यवसायी संघ, वीरगंजले आयोजना गरेको होलीको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले होली पर्व उल्लासपूर्वक मनाउन आग्रह गरे ।

होटल व्यवसायी महासंघका केन्द्रीय सचिवसमेत रहेका पन्तले अहिले होलीमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै युवाहरुलाई होली सभ्य पूर्वक मनाउन आग्रह गरे । जाँड, रक्सी र नशालु पदार्थदेखि टाढा रहेर होली मनाउन तथा धार्मिक सदभाव कायम गर्नसमेत अनुरोध गरे ।

अध्यक्ष पन्तले होलीमा आपसी द्वन्द्व, वैमनस्यता त्यागेर भाइचारा कायम गर्दै एक आपसमा रङ्ग, अबीर दलेर मनाउन आग्रह गरेका छन् ।

कार्यक्रममा संघका पदाधिकारीलगायत अतिथिहरुले एक आपसमा रंग, अबीर दलेर शुभकामना साटासाट गरेका थिए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?