पर्सा ०४ चैत / सशस्त्र प्रहरी बलले श्रोत नखुलेको ५ लाख नेपाली नोट
समेत एक भारतिय नागरिकलाई नियन्त्रणमा लिएकोछ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बाट सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी ) देबेन्द्र ब सिंह
को कमाण्डमा खटिएको टोलिले बिहान अ ९:३० बजेको
समयमा बि म न पा वडा न १६ स्तिथ शंकरआचार्य गेट
नजिक चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल
आउन्दै गरेको भारतिय नागरिक जि.पुर्विचम्पारण, रक्सौल नगर पन्चायत -७ बस्ने नन्दु यादवको छोरा बर्ष २४ को उमेश कुमार यादवको साथ बाट नेपाली नोट ५०० सयको दरले ५००० । फेला परेको र कुनै किसिमको
श्रोत नखुलेको हुन्दा निजलाइ नियन्त्रणमा आवश्यक अनुसन्धान को लागि नगद रुपैया सहित भन्सार कार्यालय बिरगंज बुझाएको र त्यसै भारतबाट अबैध रुपमा साईकलमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको भन्सार मुल्य रु २,५६,९९०।- बराबरको किराना सामान ,लत्ताकपडा र फलफुल बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको
सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साको सुचना अधिकारी एवँम सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी ) संगम श्रेष्ठ जानकारी दिए ।

