सशस्त्र प्रहरी बलको मुल्यांकनमा मधेस प्रदेश छिन्नमस्ता बाहिनी बर्दिवास महोत्तरी न : १ मा



महोत्तरी ०७ माघ  / सशस्त्र प्रहरी बलको मुल्याङकनमा यस वर्ष मधेस प्रदेशकाे छिन्नमस्ता वाहिनी बर्दिबास उत्कृष्ट ठहरिएको छ। देशभरका युनिटहरूको  मूल्याङ्कन गर्ने क्रममा वाहिनीहरू मध्ये छिन्नमस्ता  वाहिनी उत्कृष्ट ठहरिएको हो।

सो वाहिनीको नेतृत्व डिआइजी दीपेन्द्र शाहले गरेका छन्।आठ वटा जिल्लाको कमान्ड रहेको सो वाहिनीले सीमा सुरक्षामा समेत उल्लेख्य कार्य गरेको सशस्त्र मुख्यालयको ठहर छ।मधेस प्रदेश सीमा सुरक्षाको दृष्टिले संवेदनशील रहेको र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा राजश्व छलीलाई समेत न्यूनीकरण गरेको भन्दै सो वाहिनीका वाहिनी पति डिआइजी शाहलाई पुरस्कार ग्रहण गर्न काठमाडौं बोलाइसकेको छ।

उत्कृष्ट भएका  वाहिनी, तालिम केन्द्र,गण, गुल्म र युनिटहरूलाई सशस्त्र प्रहरी बल स्थापना भएको माघ ९ गते मुख्यालयमा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।हरेक वर्ष उत्कृष्ट युनिटलाई सशस्त्र प्रहरी मुख्यालयले पुरस्कृत गर्दै आएको छ।देशभर एआइजीको नेतृत्वमा अनुगमन गरी उनीहरूको कार्यसम्पादनलाई आधार मानेर पुरस्कार प्रदान गर्ने गरिन्छ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?