बारा प्रहरीद्वारा विभिन्न मुद्दामा फरार ६ जना पक्राउ

वीरगंज, २० पुस/ जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मुद्दामा फरार रहेका ६ जनालाई पक्राउ गरेको छ ।
 
सिम्रौनगढ नगरपालिका वडा नं. ८ कचोर्व बस्ने वर्ष ५० को रामाज्ञा प्रसाद यादवलाई शरीर बन्धक तथा अपहरण मुद्दामा बारा जिल्ला अदालतले ६ महिना कैद गरेपछि उनी फरार भएका थिए ।
त्यस्तै जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. ७ जितपुर बस्ने वर्ष २७ जितेन्द्र सहनीलाई लागु औषध मुद्दामा बारा जिल्ला अदालतले १ वर्ष कैद र १० हजार जरिवाना गरेपछि उनी पनि फरार भएका थिए ।

कलैया उप–महानगरपालिका वडा नं. १५ बकुलहर बस्ने अंसारूल हकलाई कुटपिट मुद्दामा बारा जिल्ला अदालतले ६ हजार ५०० सय जरिवाना गरेपछि फरार भएका थिए ।
 
कलैया उप–महानगरपालिका वडा नं. १५ बकुलहर बस्ने ईजहार मियालाई अदालतले कुटपिट मुद्दामा छ हजार पाँच सय जरिवाना गरेपछि उनी पनि फरार भएका थिए ।
 
यसैगरी महागढीमाई नगरपालिका–६ बबुआइन बस्ने ३१ वर्षीय सोनालालप्रसाद यादवलाई शिक्ष्Fा सम्बन्धी मुद्दामा रू सात हजार जरिवाना बारा जिल्ला अदालतले तोकेपछि उनी फरार भएका थिए ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका–२० बसडिलवा बसने २५ वर्षीय मुनीलालप्रसाद यादवलाई चोरी मुद्दामा पाँच महीना कैद र पाँच हजार जरिवाना बारा जिल्ला अदालतले तोकेपछि उनी पनि फरार भएका थिए । 

फरार छ जनालाई प्रहरीले पक्राउ गरी कैद भुक्तानको लागि बारा जिल्ला अदालतमा पेश गरेको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?