बारा प्रहरीद्वारा तीन हजार किलो प्याज नियन्त्रण

बारा, ८ पुस ।  जिल्ला प्रहरी कार्यालय बाराले तीन हजार किलो प्याज नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय जीतपुरको टोलीले  वीरगंजबाट  चितवन  जादै गरेको प्र.२०३–००१ च ६२०३ न.को पिकअप गाडीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरबजारमा चेक जाँच गर्दा विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको एक लाख  ८१ हजार  मूल्य बराबरको ६०  बोरा प्याज (तीन हजार किलो) बरामद गरेको थियो । प्याज र पिकअप नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?