नेपाल-भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न

वीरगञ्ज, ४ पौष  ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको संयुक्त आयोजना र भारतीय महावाणिज्य दूतावास, वीरगञ्जको सहकार्यमा नेपाल भारत आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ को दोस्रो संस्करण एक समारोहका बीच नेपालको आर्थिक राजधानी वीरगञ्जमा सम्पन्न भएकोे छ ।
 
उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्नुहुँदै वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भारत नेपाल बीचको बहुआयामिक सम्बन्धका बारे चर्चा गर्दै दुई पक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले खेल्नु पर्ने भूमिका र सिमावर्ती क्षेत्रमा आइरहने कठिनाईको समाधानको लागि स्थानीयस्तरबाट पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सुविधा सम्पन्न क्वारेन्टाईन तथा खाद्य प्रयोगशालाको स्थापना हुनुपर्ने, डिस्प्युट सेलको स्थापना गरिनुपर्ने, तेस्रो मुलुकका पार्ट÷पुर्जा, स–साना मेशिनरी तथा जीवन उपयोगी औषधीहरु भारतबाट समेत आयात गर्ने व्यवस्था हुनु पर्ने, नेपाली सवारी साधानलाई भारतमा सहज प्रवेशको व्यवस्था हुनुपर्ने लगायतका विषयहरु राख्नु भएको थियो ।
 
सम्मेलनका प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीणाले भारत र नेपाल बीचको व्यापार विस्तारको लागि भारत सदियौंदेखि सहयोग गर्दै आएको र आगामी दिनहरुमा समेत सहयोग गर्ने बताउनुभयो । उहाँले भारत र नेपाल बीचको जुनसुकै व्यापारिक अवरोधलाई हटाउन भारतीय महावाणिज्य दूतावास सदैव तयार रहेको बताउनुभयो ।
 
पिएचडी चेम्बर–भारत नेपाल सेन्टरका सचिव तथा कार्यक्रमका संयोजक अतुलकुमार ठाकुरले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै भारत नेपाल बीचको व्यापारिक सम्बन्ध विस्तारको लागि पिएचडी चेम्बर खेलेको भूमिका उजागर गर्नुभयो । उहाँले दुवै देशको व्यापारिक सम्बन्ध सुमधुर भए मात्र दुवै देशको आर्थिक उन्नति हुने बताउनुभयो ।
 
नेपाल–भारत बीचको व्यापारिक सम्बन्ध, अवरोधहरु र समस्या समाधान लगायतका विभिन्न आयामका बारेमा भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल, निम्बस ग्रुफ अफ इण्डष्ट्रीका अध्यक्ष जगदीशप्रसाद अग्रवाल, युनिलिभर नेपालका कारखाना प्रबन्धक सञ्जय भट्टाचार्य, ऊर्जा वल्र्डका संस्थापक प्रमुख कार्यकारी अधिकृत दीपक रौनियार, इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्टका कार्यकारी निर्देशक विकास रौनियार, सीमा जागरण मञ्चका विहार राज्य संयोजक महेशकुमार अग्रवाल, नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोककुमार वैध, नेपाल राष्ट्र बैंकका उपनिर्देशक रचना पराजुली, नर्थ–साउथ क्लेक्टिभ्सका कार्यकारी निर्देशक राकेशकुमार मिश्र, मधेश प्रदेशका प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सोहनप्रसाद साह, नेपाल–भारत उद्योग वाणिज्य सङ्घका उद्योग तथा निर्यात प्रबन्धक समितिका सभापति कुनाल क्याल, नेपाल भारत उद्योग वाणिज्य सङ्घ – वीरगञ्ज चेप्टरका अध्यक्ष अभिषेक चौधरी, सर्जिप्रोटेक्ट प्लसका निर्देशक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सह–सचिव निरज अग्रवालले आ–आफ्नो धारणा राख्नु भयो ।
 
कार्यक्रममा धन्यवाद मन्तव्य वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले दिनुभएको थियो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?