तराईको जिल्लाहरूमा चिसो बढेपछि जनजीवन कष्टकर

वीरगंज १५ पुस । तराईको जिल्लाहरूमा घाम नलागी हुस्सु लाग्ने गरेकोले अत्याधिक चीसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।

तराईको जिल्लाहरूमा तीन दिनदेखि घाम नलागेको र हुस्सु लागि चिसो हावा चल्ने गरेको कारण अत्यधिक चिसो भएको छ । चिसो बढे पछि जनजीवन कष्टकर बनेको छ । चिसोले बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन । चिसोले गर्दा मानिसहरू घरबाट कम मात्रामा निस्कने गरेका छन् । बजार पनि सुनसान जस्तै भएको छ । 

गरिबीको रेखामुनि रहेका विपन्न वर्ग पनि न्यानो कपडा नहुँदा चिसोले प्रभावित भएका छन । विगतमा स्थानीय निकाय विभिन्न सामाजिक संघसस्थाहरूले गरिब परिवारलाई न्यानो कपडा बितरण गर्ने गरेका थिए यस वर्ष भने दाताहरू निष्क्रिय देखिएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?