१५ लाख मूल्य बराबरको मोबाइलसहित एकजना पक्राउ

वीरगञ्ज  १२ पुस  । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलेर नेपाल भित्राइएका १५ लाख बराबरको मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो ।

बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्र राज गुरुङका अनुसार चौधरीले अवैध रुपले भन्सार छलीका मोबाइलहरु लुकाईछिपाई राखेको सूचना प्रहरीमा आएको थियो । सोही सूचनाको आधारमा खानतलासी गर्दा चौधरीको घरबाट उक्त मूल्य बराबरको मोबाइल बरामद भएको निमित्त प्रवक्ता गुरुङले जनाए ।

उनको साथबाट विभिन्न कम्पनीका ५१ थान मोबाईल सेटहरू, ४८ थान चार्जर, ९ थान ब्याट्री र १४ थान मोबाईल कभर फेला परेको उनले बताए ।

बरामद सामानसहित पक्राउ परेका चौधरीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?