महानगरको सडकमा रिफलेक्टर रोड स्टड लाइट बल्न छोड्यो

वीरगंज ९ पुस ।

वीरगंजको मुख्य सडकको दायाँ बायाँ सडकमा जडान गरेको अधिकांस  सडक रिफलेक्टर रोड स्टड लाइट बल्न छाडेका छन् । गुणस्तरहीन  रिफलेक्टर रोड स्टड लाइट जडान गरेको कारण बिग्रेको स्थानीयको भनाइ छ ।

सडक बिभागले मुख्य सडकमा सवारीका साधनको लागि संकेत दिन सडकको दायाँ–बायाँ पिच सडकमा सडक संकेत बत्ती जडान गरेको थियो । बत्ती जडान गरेको छ महिना पनि भएको छैन अधिकांस बत्तिहरू बल्न छाडिसकेका छन । सडक बिभागका कर्मचारीले कमिसनको प्रलोभनमा परि गुणस्तरहिन बत्ती जडान गरेको स्थानीयको आरोप छ । सो सम्बन्धमा बुझ्न खोज्दा सडक बिभागका कोहिपनि कर्मचारी जवाफ दिन तयार भएनन् ।

सडकको किनारमा मुख्य सडकमा नियमित चल्ने गाडीहरूको लागी  चाहिने स्थान छुट्याएर सडक  किनारमा सडक  बिभागले  अटोम्यााटिक रातो बत्ती जडान  ग¥यो  । ठूलो  राजमार्गदेखि  ठुला शहरमा पनि सडक  डिभाइडरमा  रातो र राती  पिल पिल गरेर बल्ने बत्ती  जडान  गरेको थियो ।

तर वीरगंजका सडकमा जडान गरिएका  रिफलेक्टर रोड स्टड लाइट अधिकान्स बल्न छोडेको छ । सडकले कमसल सामान जडान  गरिंदिदा छ महिना बित्न नपाउदै बल्न छोड्यो  यस्को दोषी को ? 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?