धनुषा ०४ पौष / सशस्त्र प्रहरी बल धनुषाले ५ लाख ५२ हजार बराबरको लत्ताकपडा र तीन वटा मोटरसाइकल
बरामद गरि जनकपुर भन्सार कार्यालयमा दाखिला गरेका छन । विशेष सुरागीको अधारमा सशस्त्र प्रहरी बल नेपाल
न ८ गण हे क्वा धनुषाबाट सशस्त्र प्रहरी निरिक्षक भुपाल विक्रम शाहको कमाण्ड खटिएको टोलीले धनुषा धनौजी गा. पा.- ५ स्थित बहुअर्वा ईलाकाबाट भारतबाट अबैध रुपमा भन्सार छलि तिन वटा मो.सा. मा राखि नेपालतर्फ ल्याउँदै गरेको अं. मुल्य रु. १,०२,३००।- 

(एक लाख दुई हजार तिन सय) बराबरको लत्ताकपडा र उक्त तिन वटा मो.सा.को अन्दाजी मुल्य रु. ४,५०,०००।– गरी जम्मा मुल्य रु. ५,५२,३००।- (पाँच लाख बाउन्न हजार तिन सय) बराबरको सामान र मो.सा. बरामद गरि जनकपुर भन्सार कायार्लयमा बुझाएको न ८ गणको सप्र
नाउ ( DSP ) यदु कार्कीले जानकारी दिए ।
Tags:
मुख्य समाचार
