जीतपुरसिमराका वडाध्यक्ष कार्की पाँच लाख घूससहित पक्राउ

बारा, २ पुस ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई सोमवार पाँच लाख नगद रकमसहित जीतपुरस्थित जैसवाल मिष्ठान्न भण्डारबाट पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाका प्रवक्ता गोविन्दप्रसाद गौतमले सेवाग्राहीसंग रकम लिएको आरोपमा कार्कीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । सिफारिस गर्नका लागि भन्दै सेवाग्राहीसंग रकम लिएको भन्ने आरोप छ' गौतमले भने थप कुरा अनुसन्धानबाट खुल्नेछ । हामी अनुसन्धानको प्रक्रियामा छौं ।

वडाध्यक्ष कार्कीलाई सिमराका राजन उप्रेतीले उक्त रकम दिएका थिए । उप्रेतीले आफूसंग घरबाटो सिफारिसका लागि रकम माग गरेपछि अख्तियारको सहयोग लिएको बताएका छन् ।

वडाध्यक्ष कार्कीले भने आफूलाई नियोजितरूपमा फसाएको प्रतिक्रिया दिएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?