सिम्रौनगढको २० स्थानमा लगाइएको गाँजा खेती फडानी

वीरगंज, १३ मंसिर ।

सिम्रौनगढको २० स्थानको १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले आज बिहान फडानी गरेर नष्ट गरेको छ ।
 

बुधवार बिहान ८ः३० बजेको समयमा जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वडा नं. २ र ७ खजानीमा नेपाल सरकारद्वारा प्रतिबन्धीत गरिएको गाँजा खेती लगाएको सूचनाको आधारमा प्रहरीले नष्ट गरको हो ।

ई.प्र.का. सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीद्वारा २० स्थान गरी १२ कठ्ठामा लगाइएको प्रतिबन्धीत गाँजा खेती फडानी गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?