बिरगंज १३ मंसिर / श्रोत नखुलेको १० लाख नेपाली रुपैयाँ सहित मंगलबार एक भारतिय नागरिकलाई नं.१३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंज बाट खटिएको सयूक्त टोलीले पक्राउ गरेकाछन 

। विशेष सुचनाको अधारमा मंगलबार दिउँसो १३: ०० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा-१६ भन्सार रोड स्थित नं.१३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंज बाट खटिएको सयूक्त टोलीले भा
रत बाट नेपाल तर्फ आउदै गरेको BR05AR 8101 नं.को मोटर साइकलमा सवार भारतिय नागरिकलाई चेकजाँच गर्ने क्रममा निजले प्रयोग गरेको हेलमेट भित्र लुकाई छिपाई ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया १० लाख सहित जिल्ला पुर्वि चम्पारण रक्सौल -७ अहिरुवाटोल बस्ने बर्ष २३को उमेश यादवलाइ पक्राउ गरेको थियो । पक्राउ गरेको मानिष सहित कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको न १३ गण हे क्वा पर्सा को सशस्त्र प्रहरी नायब उपरीक्षक( DSP) एवँम प्रवक्ता संगम श्रेष्ठले बताए ।
