रौतहटमा झुन्डिएको अवस्थामा दम्पत्ती भेटियो

रौतहट, २४ भदौ । रौतहटर श्रीमान श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका छन।

जिल्लाको बौधिमाइ नगरपालिका–२ इनर्वा टोल बस्ने रामदिनेश पटेल र उनकी श्रीमती गीता कुमारी पटेल झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

दुबैजना आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा शनिवार साँझ फेला परेको रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी उमाशंकर गुप्ताले जानकारी दिए।

दुबै जनाको शवलाई नियन्त्रणमा लिइ पोस्टमाटमको लागि जिल्ला अस्पताल, गौरमा पठाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको गुप्ताले बताए।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?