एक करोड ३० लाखभन्दा बढीको सामानसहित चार वटा ट्रक नियन्त्रणमा

वीरगंज, ११ असोज । प्रहरीले बाराबाट एक करोड ३० लाखभन्दा बढीको अवैध सामानसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ।

बिहीवार बिहान बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित खटिएको प्रहरीको टोलीले वीरगञ्जबाट काठमाडौंसहित विभिन्न स्थानमा गइरहेको पाँच वटा अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो।

वीरगञ्जबाट काठमाडाँै जाँदै गरेको ना.६.ख.७१ नम्बरको ट्रकमा.३५ लाख २७ हजार ४७४, बा.४.ख ११२५ नम्बरको ट्रकमा ३६ लाख ६२ हजार ९७२, रूपन्देहीतर्पm जाँदै गरेको ना.४ ख ९०९१ नम्बरको ट्रकमा २४ लाख ९९ हजार ५७९ र ना. ६ ख ३०२४ नम्बरको ट्रकमा ३४ लाख ९५ हजार मूल्य बराबरको सामान लोड रहेको पाइएको थियो।

ती सामानको स्रोत खुलाउन नसक्दा ट्रकसहित सामान नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?