संविधान दिवसका अवसरमा वीरगंज कारागारबाट १७ जना रिहा

वीरगंज, ३ असोज । संविधान दिवसका अवसरमा वीरगंज कारागारबाट १७ जना कैदीबन्दी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा देशभरिका ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गरेका हुन् ।

३ जना महिला र १४ जना पुरूष कैदीबन्दीले कैद माफी मिनाह पाएको वीरगञ्जका कारागारका सूचना अधिकारी नवराज बर्ताैलाले जानकारी दिए । उनका अनुसार २ जना ज्येष्ठ नागरिक, तीनजना महिला र ९ जना अन्य कैदीबन्दीहरू छुट्ने भएका हुन् ।

कैद मिनाह पाएका कैदीबन्दीहरू मध्य महिलाहरू कर्तव्य ज्यान मुद्दा र गर्भपतन मुद्दामा जेल परेका थिए । त्यस्तै अन्य पुरूषहरू चोरी, डाका, सवारी ज्यान, वन, कर्तव्यज्यान लगायतका मुद्दामा जेल परेकाहरू रहेको सूचना अधिकारी बर्ताैलाले बताए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?