प्रतिबन्धित लागूऔषधसहित तामाङ पक्राउ

वीरगंज, ४ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले प्रतिबन्धित लागु औषधसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
 
बुधवार साँझ वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित शंकराचार्य गेटमा चेकजाँच गर्ने क्रममा प्रहरीले रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका प्र.२–०२–००४ प ७४९५ नं को स्कुटीमा सवार हेटौडा उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ३४ को अजित तामाङलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । 

प्रहरीले चेकजाँचको क्रममा स्कुटीको  सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिकभित्र प्रतिबन्धित लागु औषध ओनरेक्स सय एमएलको ६९ बोत्तल बरामद गरेपछि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?