छानाको पानी सडकमा खसाउनेमाथि कारबाइ हुने

वीरगंज, ३१ साउन । वीरगंज महानगरपालिकाले छानाको पानी सिधै सडकमा खसाउने घरधनीलाई कारबाई गर्ने चेतावनी दिएको छ ।

बुधवार महानगरपालिका कार्यालयले सार्वजनिक सूचना प्रकाशीत गरेर महानगर क्षेत्र भित्र बनेका घरहरूका छत/छानाबाट वर्षात लगायत अन्य प्रयोग भएको पानी सोझै सडकमा खसाउने घरधनीलाई प्रचलित कानुन अनुसार कारबाई गर्ने चेतावनी दिएको हो ।

घरको छत वा छानाबाट वर्षात वा अन्य प्रयोग भएको पानी सिधै सडकमा खसाउँदा सडकको संरचनामा क्षती पुगेको र सडक खाल्डो हुनुका साथै आवत जावत गर्ने यात्रीको शरीरमा समेत पानी पर्ने गरेको पाईएकोले त्यस्ता किसिमका कार्यहरू अविलम्ब बन्द गरी ब्यवस्थित तवरले छतको पानी नालामा खसाउन सूचना मार्पmत महानगरपालिकाले सबैमा अनुरोधपनि गरेको छ ।

यदि महानगरपालिकाको अनुरोधलाई अवहेलना गरी त्यस्ता किसिमको काम गरेको पाईएमा महानगरपालिका कारबाई गर्न वाध्य हुनेपनि उक्त सूचनामा उल्लेख छ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?