दर्ताविना सञ्चालन इरिक्सा, अटोमाथि कारबाही

वीरगञ्ज, २० साउन । वीरगञ्ज महानगरपालिकाले दर्ता नभई सञ्चालनमा रहेका तीन पांग्रे सवारीसाधन (रिक्सा, ई–रिक्सा, अटो रिक्सा¬) लाई कारबाई गर्न शुरू गरेको छ ।  
महानगरमा दर्ता विना संचालनमा रहेका यस्ता तीन पांग्रे सवारीका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई हुने गरेकाले जथाभावी संचालन गर्न रोक्न कारबाई थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा महानगरको सडक तथा यातायात व्यवस्था शाखाको संयुक्त टोलीले २ दिनमा ४५ वटा तीन पाङ्ग्रे सवारीलाई कारबाई गरेको छ । 
गएको मंगलवार र बिहीवार २ दिन जाँच गर्न खटिएको टोलीले महानगरमा दर्ता नरहेको, बाटो इजाजत (रूटपरमिट) नलिएको, लाइसेन्स, ब्लुबुक जस्ता महŒवपूर्ण कागजात बिना नै सवारी संचालन गरिरहेको भेटेपछि कारबाई गरिएको महानगरको सडक तथा यातायात व्यवस्था शाखाका प्रमुख इन्जिनियर विजय गुप्ताले जानकारी दिनुभयो । 
४५ वटा सवारीलाई पहिलो पटक भएकाले ५-५ सय जरिबाना तिराएर अबदेखि प्रकृया पुर्याएर मात्रै महानगरमा संचालन गर्न पाउने गरि छाडिएको बताउँदै उहाँले फेरि दोहोरिए ५ हजासम्म जरिबाना गरिने र सवारी नियन्त्रणमा लिने पनि उहाँले बताउनुभयो । 
महानगरका मेयर राजेशमान सिंहले महानगरमा दर्ता रहेकाले मात्रै महानगरमा सेवा दिन पाउने गरी व्यवस्था मिलाउन निर्देशन दिएसँगै गएको साताबाट तीन पाङ्ग्रे सवारी साधन जाँचलाई तिब्रता दिइएको हो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?