उद्योगलाई वातावरणमैत्री बनाउन जिससले अनुगमन गर्नुपर्ने– सांसद यादव

वीरगंज, १८ असार । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले उद्योगलाई वातावरणमैत्री बनाउनका लागि जिल्ला समन्वय समिति, पर्साले अनुगमनलाई तिव्रता दिन सुझाव दिएका छन् । 

जिल्ला समन्वय समिति, पर्साको चौथो जिल्लासभामा बोल्दै उनले अवैध रूपमा हुने ढुंगा–गिट्टी, बालुवा उत्खननलाई रोक्नका लागि समन्वय समितिले थप कडाइका साथ कार्य गर्नुपर्ने बताए । 

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, महानगरप्रमुख राजेशमान सिंहलगायतको उपस्थिति रहेको थियो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?