बारामा तीनसयले लिए जन्मको आधारमा वंशजको नागरिकता

बारा, २४ असार । जिल्ला प्रशासन कार्यालय, बाराले शुक्रवारसम्म तीनसयजनालाई नयाँ ऐनअनुसार नेपाली नागरिकता वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जन्मसिद्ध नागरिकका तीन सयजना सन्तानलाई नागरिकताको प्रमाण पत्र वितरण गरेको बताए । उनले दैनिक ५० वटाको दरले टोकन बाँडिने गरेकोमा पछिल्लो समय दैनिक एक सय वटासम्म वितरण गर्दैै आएको छ।

यसैगरी इलाका प्रशासन कार्यालय सिमराबाट पनि हालसम्म २५० वटा जन्मसिद्धका आधारमा नयाँ नागरिकता वितरण भइसकेको जनाएको छ ।

अन्य दुर्ई ठाउँ कोल्हवी र सिम्रौनगढमा भने छिटपुट रूपमा वितरण भइरहेको जनाइएको छ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?