वीरगंज, 0९ श्रावण।
सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले बिल बिजकमा उल्लेख भए भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा आज बिहान 0३:४५ बजेको समयमा बिरगंज महानगरपालिका - ८ घण्टाघर स्थित सडक खण्डबाट बिरगंजबाट पोखरातर्फ जादै गरेको ना.४.ख २६४१ नम्बरको ट्रक सप्रनाउ राम जंग पाण्डेको कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिएको हो ।किराना सामानहरु रहेको उक्त ट्रकमा बिलबिजकमा मुल्य रु ३१,७३,४२५ / एक्तीस लाख त्रिहतरी हजार चार सय पच्चीस रुपैया (भ्याट सहित) बराबरको उल्लेख भएको बिल बिजक भन्दा बढी र फरक सामान भएको आशंकामा सामानहरु सहित नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक अनुसन्धान र कारर्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको जानकारी गुल्मले गराएको छ।
