वीरगंजबाट विभिन्न बन्दूकका १०२ राउण्ड गोली भेटिएको प्रहरीको दावी

वीरगंज, २८ जेठ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज महानगरपालिका–१० मा १०२ राउण्ड गोली बरामद भएको जनाएको छ । महानगरपालिकाको जेसिबीले सरसफाइ गर्ने क्रममा प्लाष्टिकको झोलाभित्र १०२ वटा गोली भेटिएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार एसएलआरको ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, फेडरलको ८ राउण्ड, विन्चेस्टरको पाँच राउण्ड, सात एमएमको तीन राउण्ड, बिग्रेको खोका चार राउण्ड गरी १०२ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

     
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?