नगवामा तीन करोडको लागतमा कृषि बजार निर्माण हुने

वीरगंज, २४ जेठ ।
मधेस प्रदेश सरकारको तीन करोडको लागतमा वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण हुने भएको छ ।

 
प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधवार संयुक्तरुपमा थोक कृषि बजार निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा वडाअध्यक्ष परशुराम चौरसिया लगायतको उपस्थिति थियो ।

 
कृषि बजारमा कृषि सेड, कंक्रिट पेभर, शौचालय लगायतका संरचना असार मसान्तभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।



भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?