छ लाख मूल्य बराबरको तस्करीको कपडा र चकलेट नियन्त्रण

वीरगंज, २३ जेठ/
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएको छ लाख मूल्य बराबरको कपडा र चकलेट बरामद गरेको छ ।

 
सूचनाको आधारमा गएराति ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू तथा चकलेट वीरगंज भित्राउदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ता तथा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मालबस्तुहरू छाडेर फरार भएका थिए ।

 
६ लाख ५४ हजार ६८५ मूलय बराबरको बिभिन्न किसिमका लत्ताकपडाहरू तथा चकलेटहरू कारबाईको लागि आज वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?