वीरगंजमा नागरिकताविहीन युवाहरूद्वारा प्रदर्शन

वीरगंज, २२ जेठ ।
नागरिकता विहीन संघर्ष समितिको अगुवाइमा सोमवार वीरगंजमा युवाहरुले प्रदर्शन गरेका छन् ।

 
नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेको विरोधमा सोमवार युवाहरुले वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका थिए । घण्टाघर चोकमा जम्मा भई नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर केही बेर  धर्ना दिएका उनिहरूले त्यसपछि पुन जुलुससहित नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए ।


नगरपरिक्रमा पछि पुन घण्टाघरमा पुगेर सडकमा धर्ना दिएका थिए ।
उनीहरूले प्रदर्शन गर्दै नेताहरुको फोटो जलाएका थिए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?