बारा २२ जेठ ।
बाराबाट तस्करहरूले ग्रीन सिग्नल पाएका छन् । सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराले तस्करहरूलाई ग्रीन सिग्नल दिएका छन् ।

बिओपी बरैनिया बारा, बिओपी बरैनियाको मुसहर्वा, कान्तिपुर, छतवा, घोडासहन, खेखरिया नाकाहरूबाट दैनिक लाखौको सामान भारतबाट नेपाल
तर्फ आइरहेको छ । तस्करहरुले कपडा, मोटरपार्ट, हाड्र्वेयर, सुर्तीजन्य, गुटखा, भैसी, सुपाडी, मरिच, छोकडा भारतबाट ल्याउने गरेका छन् भने नेपालबाट भारततर्फ कबाडको सामान, गिटी, बालुवा, रक्सीलगायतको सामग्री व्यापक तस्करी भइरहेको छ ।

बिओपी बरैनियाको बिओपीपति दिनेश देउजाको इशारामा हामीले लाइन पाएको हौ– नाम नबताउने शर्तमा एकजना तस्करले बताए । बिओपीपति देउजाले बिओपीको निवासभित्र तस्करहरूलाइ बोलाइ जाँडरक्सी खाने र लेनदेनको कुरा गरी तस्करहरूलाइ बरैनिया अन्तर्गत पर्ने नाकाहरू मुसहर्वा, छतवा, कान्तिपुरलगायतबाट लाइन दिने गर्दछ। बिओपीभित्र तस्करहरूसंग जाँडरक्सी खाएको र तस्करीको भिडियो सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, एआइजी सिपी गौतम र मधेस प्रदेश प्रमुख दिपेन्द्र शाहलाई पत्रकारमित्रद्वारा वाटसअपमार्फत प्राप्त भैइसक्दा पनि तस्करी रोक्नुको सट्टा झन बढदै गएको छ ।