पर्साबाट हजार र पाँच सयको नक्कली नोट बरामद

वीरगंज, २१ जेठ ।
वीरगंज महानगरपालिका–१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली फेला परेको छ ।


प्रहरीले नक्कली नोटसहित सर्लाही बरहथवा नगरपालिका–५ रामजानकी टोल बस्ने ३० वर्षीय रामविश्वास महतोलाई पक्राउ गरेको छ ।


यसैगरी, चितवनको भरतपुर महानगरपालिका–३ शहीद चोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित भारतीय पुरूष समातिएका छन। भारतको मध्य प्रदेश घर भएका ४९ वर्षीय करतार सिंहलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।


भरतपुर महानगरपालिका–१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले १ हजारको नक्कली नोट दिएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?