श्री गढीमाइ साझेदारी वन उपभोक्ता समितीको निर्वाचनमा झगरुको प्यानल विजई

बारा १४ जेठ /
श्री गढीमाइ साझेदारी वन उपभोक्ता समितीको साधारण सभा सम्पन्न भएकोछ । नव नियुक्त वन तथा वातावरण मंत्री रमेश प्र कुर्मीको प्रमुख अतिथिमा प्रसौनी ४ मा रहेको श्री ने रा मा बि मा १२ गते शुक्रबार सम्पन्न भएकोहो । साधारणसभा बाट समिती गठन हुन नसकेपछी समिति निर्वाचन मा गएकाहुन । 

१३ गते सनिवार भएको निर्वाचनमा अध्यक्ष पदको लागि गणेश साह तेली" राम एकबाल साह तेली ( झगरु )" संजय साहले नाम मनोनयन गराएकाथिए ।  निर्वाचनको अन्तिम नतिजा राम एकबाल साह तेली ( झगरु ) को पूरा प्यानलको पक्षमा आएकाहुन राम एकबाल साह तेली ( झगरु ) ले ९१ मत प्राप्त गरी विजई भएकाछन ।

उपाध्यक्षमा लाल बाबू मुखियाले ४ मत प्राप्त गरि विजई भएकाहुन । त्यस्तै सदस्यहरुमा कबिता ९३ मत सुगन्धीले ९० मत ताराले ८८ मत प्राप्त गरि झगरुको पूरा प्यानल विजई भएकाछन
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?